Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा जेठाजुको हत्या गरेको आरोपमा बुहारी पक्राउ



विराटनगर : झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी हुन्। सो घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार