विराटनगर : इन्डियन प्रिमियर लिग (आईपीएल) मा इङ्ल्यान्डका साम करनलाई पञ्जाब किंग्सले सबैभन्दा महँगो मूल्यमा किनेको छ । शुक्रबार भएको मिनी अक्सनमा करनलाई पञ्जाबले १८ करोड ५० लाख भारूमा किनेको हो।
२३ वर्षीय करन भर्खरै पाकिस्तानसँगको टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी थिए। उक्त सिरिज ३–० ले इङ्ल्यान्ड जितेको थियो ।
उनले गत महिना अष्ट्रेलियामा भएको खेलमा ११.३८ को औसतमा १३ विकेट लिदैँ ब्याटिङमा सुधार गरेका थिए ।
यसअघि आइपिएलमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस सबैभन्दा महँगो खेलाडी थिए । गतवर्षको प्रतियोगितामा मोरिसलाई राजस्थान रोयल्सले १६ करोड भारुमा अनुबन्ध गरेको थियो।
यस वर्ष अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीन दोस्रो महँगा खेलाडी बनेका छन् । उनलाई मुम्बई इन्डियन्सले १.७५ मिलियन पाउण्ड खर्च गरेको छ ।
यस्तै इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १.६३ मिलियन पाउण्डमा खरिद गरेको छ । चेन्नई सुपर किंग्सले यसपालि करनलाई भने गुमाउएको छ ।