भोजपुर : २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोजपुरको षडानन्द नगरपालिक–९ तिनसाझेबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा प्रहरीले मंगलबार सोही स्थानका ६२ वर्षीय दातेन्जी शेर्पालाई पक्राउ गरेको हो।
शेर्पाले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।