Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङका आगलागी पीडितका लागि प्रदेश सरकारले पठायो राहत



विराटनगर : प्रदेश १ सरकारले खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री पठाएको हो ।

मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताए ।

प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नष्ट हुदा ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार