विराटनगर : वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे म्याकार्थी कप्तानीमा विराटनगर सुपर किङ्सले नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि आफ्नो टोलीको घोषणा गरेको छ । विराटनगर किङ्सले बुधबार पत्रकार सम्मेलन गर्दै म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टोली घोषणा गरेको हो ।
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ ।
सोही अवसरमा प्रतियोगिताका लागि सुपर किङ्सले जर्सी समेत सार्वजनिक गरेको छ । कीर्तिपुर मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ ।
लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता रहने छ ।
विराटनगरले ६ जना विदेशी खेलाडी भित्र्याएको छ । जसमा सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहेका छन् ।
यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी,पृथु बास्कोटा र रिजन ढकाल टिममा रहेका छन् ।