Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेसिनमा परेर मोरङको आरती स्ट्रिप्सका एक कामदार घाइते



विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा रहेका आरती स्ट्रिप्स उद्योगका एक कामदार घाइते भएका छन् । बुधबार बिहान उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव घाइते भएका हुन् ।

उद्योग स्रोतका अनुसार काम गर्ने क्रममा मेसिनमा पर्दा ऋषिदेवको देब्रे खुट्टा छिनिएको र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

ऋषिदेवले एक वर्षदेखि उक्त उद्योगमा काम गर्दै आएका थिए ।

मेसिनमा परेर घाइते भएका उनको बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । खुट्टा छिनेका कारण जोडन सम्भव भएसम्म थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उद्योगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार