काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा ६४ मतले शेरबहादुर देउवा विजयी भएका छन् । उनका प्रतिस्पर्धी गगन थापाले २५ मत ल्याएका छन् ।
कांग्रेसमा ८९ सांसदमध्ये ८८ जनाले मतदान गरेका थिए ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ संसद थिए । तर, गगन थापाले आफ्नै समूहका संसदको मत पाएका छैनन् ।
देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, सशांक कोइराला र थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
