Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का नवनिर्वाचित संसदहरूको शपथ पुस ११ गते



विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ पुस ११ गते सोमबार हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार पुस ११ गते सोमबार दिनको १२ बजे प्रदेशसभा सदस्यको शपथ ग्रहण हुनेछ।

नेपालको संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

नवनिर्वाचित संसदहरुलाई ज्येष्ठ प्रदेश संसद ७९ वर्षीय गयानन्द मण्डलले शपथ ग्रहण गराउने समय निर्धारण गरिएको प्रदेश प्रमुख पर्शुराम खापुङले जानकारी दिए ।

संविधानको धारा १८२ को उपधारा ५ मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।

शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन संसद् सचिवालयले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार