काठमाडौं : नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव तथा अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने एमालेले बताए।