विराटनगर : मोरङको रंगेली नगरपालिका वडा नम्बर-१ खोरियाका एक पुरुषको शव मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान खोरियाका ५५ वर्षीय श्रवणकुमार राईको शव पैनीमा फेला परेको हो।
राई खेतमा पानी लगाउनका लागि सोमबार राति करिब ८ बजे घरबाट निस्किएका थिए । अबेलासम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीहरुले खोजी गर्ने क्रममा घरदेखि करिब ७ सय मिटर पश्चिम–उत्तरमा रहेको पैनीमा मंगलबार बिहान ९ः३० बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राईको शव पानी बगिरहेको पैनीमा डुबेको अवस्थामा फेला परेको थियो ।
राईको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि र घटनाको विस्तृत अनुसन्धान सकिएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाई छ ।