Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस संसदीय दल : देउवाविरूद्ध भिड्दै गगन



काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेताकाे उम्मेदवार बनाउने निर्णाय गरेकाे हाे। थापाको प्रस्तावक डा.शेखर कोइराला बस्ने भएका छन्।

बैठकमा नेपाली कांग्रेसका ३२ जना सांसद उपस्थित भएका छन्। उनीहरू शेखर-गगननिकट हुन्। छलफलबाट एकल उमेदवारीसहित संसदीय दलको कार्यालयमा दर्ता गर्न जाने कार्यक्रम रहेको छ।

लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो। त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए। सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए।

वार्तामा उनीहरुबीच यही पाँच वर्षभित्रमा फेरि संसदीय दलको चुनाव हुने अवस्था आएमा शेखरलाई गगनले छाड्ने सहमतिसमेत भएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार