विराटनगर । प्रतिनिधिसभामा निर्वाचित सांसदको शपथ पुस ७ गते बिहीबार दिउँसो १ बजे हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० गरेर जम्मा २७५ जना सांसद सपथ बिहीबार दिउसो १ बजे हुने संघीय संसद् सचिवालयले जनाएको हो ।
सपथ ७ गते बिहीबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी गराए । उनका अनुसार नयाँ सांसदको शपथका लागि सचिवालयको तयारी अन्तिम चरणमा पुगेको छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने तयारी छ । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।