Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गोलकिपर मार्टिनेजको ‘माइन्ड गेम’ले अर्जेन्टिनालाई जिताएको विश्वकप उपाधि



आइतबारको अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनल खेलअघि चौतर्फी चर्चाको पात्र बने लियोनल मेसी र काइलियन एमबाप्पे । तर, फाइनल खेलपछि यी दुईबाहेक समर्थकको मुखमा अर्को नाम थपिएको थियो, इमिलियानो मार्टिनेज ।

रोमाञ्चक, नाटकीय र भावुक बनेको फाइनल खेलको १२० मिनेटमा अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । जसका कारण विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि पेनाल्टी सुटआउटको आवश्यकता परेको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाका चार खेलाडीले प्रहारलाई जाली चुमाउँदै टिमले दिएको जिम्मेवारी पूर्ण रूपमा निभाए । उनीहरूबाहेक गोलकिपर मार्टिनेज फ्रान्सको लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा बाधक बने ।

एमबाप्पेले खेलमा दुई पेनाल्टी सदुपयोग गरेका थिए । र, पेनाल्टी सुटआउटमा पनि फ्रान्सबाट पहिलो प्रहारका लागि जाँदै बललाई जाली चुमाए । तर, यसमा पनि मार्टिनेजले एमबाप्पेको प्रहारबारे सही दिशामा ‘डाइभ’ लगाएका थिए । एमबाप्पेबाट आएको कडा प्रहारका कारण बल मार्टिनेजको हातमा लागेपनि त्यो जालीको दिशा बदल्नका लागि पर्याप्त बनेन ।

काठमाडौं । आइतबारको अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनल खेलअघि चौतर्फी चर्चाको पात्र बने लियोनल मेसी र काइलियन एमबाप्पे । तर, फाइनल खेलपछि यी दुईबाहेक समर्थकको मुखमा अर्को नाम थपिएको थियो, इमिलियानो मार्टिनेज ।

रोमाञ्चक, नाटकीय र भावुक बनेको फाइनल खेलको १२० मिनेटमा अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । जसका कारण विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि पेनाल्टी सुटआउटको आवश्यकता परेको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाका चार खेलाडीले प्रहारलाई जाली चुमाउँदै टिमले दिएको जिम्मेवारी पूर्ण रूपमा निभाए । उनीहरूबाहेक गोलकिपर मार्टिनेज फ्रान्सको लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा बाधक बने ।

एमबाप्पेले खेलमा दुई पेनाल्टी सदुपयोग गरेका थिए । र, पेनाल्टी सुटआउटमा पनि फ्रान्सबाट पहिलो प्रहारका लागि जाँदै बललाई जाली चुमाए । तर, यसमा पनि मार्टिनेजले एमबाप्पेको प्रहारबारे सही दिशामा ‘डाइभ’ लगाएका थिए । एमबाप्पेबाट आएको कडा प्रहारका कारण बल मार्टिनेजको हातमा लागेपनि त्यो जालीको दिशा बदल्नका लागि पर्याप्त बनेन ।

फ्रान्सका खेलाडीलाई अस्तव्यस्त बनाउन प्रहारभन्दा अघि ‘माइन्ड गेम’ चाल्नुअघि मार्टिनेजले दोस्रो पेनाल्टी विफल बनाउन सही दिशामा ‘डाइभ’ लगाए । मार्टिनेजले फ्रान्सका किङ्स्ले कोमानको प्रहारलाई जालीसम्म पुग्न दिएनन् ।

फ्रान्सबाट तेस्रो प्रहारका लागि आर्लियन चुवामेनी आए । दोस्रो प्रहार गोलमा परिणत हुन नसक्दा केही गह्रौँ भावसहित प्रहारका लागि आएका चुवामेनीप्रति मार्टिनेजले ‘माइन्ड गेम’ चाले । मार्टिनेजले रियाल मड्रिडका मिडफिल्डर चुवामेनीभन्दा पर बल फ्याके । जसका कारण चुवामेनीलाई हिँडेर बल लिन बाध्य पारे ।

martinez 01671448699.jpg

त्यहाँ मार्टिनेजले एक शब्द बोले । जुन यहाँ लेख्न सकिँदैन । मार्टिनेज फ्रान्सका २२ वर्षीय युवा मिडफिल्डरलाई प्रभावित बनाउँन चाहन्थे । मार्टिनेजको चाल सफल भयो, चुवामेनीको प्रहार बाहिरियो । त्यसपछि मार्टिनेजले सन् २०१६ मा म्यानचेस्टर युनाइटेडविरुद्ध आफ्नो टिमले गोल गरेपछि क्रिस्टल प्यालेसका प्रशिक्षक एलन पार्डिउको जस्तै कुम हल्लाउँदै ‘नाच’ देखाए ।

जसले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकपछि उपाधिसम्म डोहोर्‍यायो । चुवामेनीपछि रान्डल कोलो मोआनीले चौथो पेनाल्टी गोल गरेपनि यसले दक्षिण अमेरिकी टिमको उपाधि यात्रामा गम्भीर धक्का दिन भने सकेन । यसपछि अर्जेन्टिनाबाट चौँथो प्रहारका लागि आएका गोन्जालो मोन्सियलले ह्युगो लोसिस पोस्टमा रहेपनि बललाई सहजै जालीको दिशा दिँदै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाए ।

martinez 31671448695.jpg

“मार्टिनेज निकै सकारात्मक खेलाडी हुन् । पेनाल्टीका लागि जानुअघि उनले टिमका सहकर्मीलाई आफूले पेनाल्टी रोक्ने बताएका थिए,” अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले भने ।

बीबीसीका खेल विज्ञहरू मार्टिनेजको ‘माइन्ड गेम’ ले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएकोमा सहमत थिए ।

“पेनाल्टी सुटआउटमा मार्टिनेजको ठूलो मानसिक प्रभाव थियो । यसमा कुनै शंका छैन,” इङ्ल्यान्डका पूर्व मिडफिल्डर जर्माइन जेनसले भने ।

इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन सेरर भन्छन्, “मार्टिनेज सधैँ फ्रान्सका खेलाडीलाई प्रभावित बनाउन चाहन्थे । उनी बल पर फ्याँकिरहेका थिए, खेलाडीहरूसँग कुराकानी गरिरहेका थिए । उनी आफूले सक्दो प्रयास गर्दै फ्रान्सका खेलाडीलाई दबाब दिन चाहन्थे ।”

इङ्ल्यान्डका पूर्व रक्षक रियो फर्डिनान्डले भने, “गोल–लाइनमा पनि उनी मुभ गरिरहेका हुन्थे । बल प्रहारका लागि आएका खेलाडीको आँखामा उनको नजर हुन्थ्यो ।”

अतिरिक्त समयको पनि इन्जुरी टाइममा मार्टिनेजले फ्रान्सबाट आएको कठिन प्रहार नबचाएको भए सायद खेल पेनाल्टी सुटआउट पनि पुग्दैनथ्यो ।

लिभरपुलका इब्राहिम कोनाटोको प्रहार मार्टिनेजले उत्कृष्ट बचाँउ गर्दै अर्जेन्टिनालाई फ्रान्सलाई लगातार दोस्रो उपाधि जित्न दिएनन् ।

यो मार्टिनेजले कतारमा बचाएको ठूलो प्रहारमध्येको एक थियो । यस्तै, असाधारण बचाउका कारण उनले ‘गोल्डेन ग्लोभ’ जिते । उनले विश्वकपमै सर्वाधिक तीन ‘क्लिन सिट’ राखे ।

राष्ट्रिय टिमसँगको छोटो समयमा नै उनले गजबको प्रभाव बनाइसकेका छन् । गत वर्ष राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका उनले कोपा अमेरिका र विश्वकपको उपाधि दिलाइसकेका छन् ।

martinez 41671448701.jpg

यो सफलतासम्म आइपुग्न मार्टिनेजले कठिन प्रतीक्षा गरे । मार्टिनेज आठ वर्षसम्म आर्सनलमा रहे । जसमध्येका ६ वर्ष लोनमा अन्य क्लबबाट खेल्न गए । यो अवधिमा उनले आर्सनलका लागि प्रिमियर लिगमा ११ खेलमात्र खेले । र, दुई वर्षअघि उनी आर्सनलबाट एस्टोन भिल्ला आए । जहाँबाट मार्टिनेजले बेग्लै पहिचान स्थापित गराए ।

“मसँग यसका लागि कुनै शब्द छैन । पेनाल्टीमा म निकै शान्त थिए । र, खेलको नतिजा हामीले चाहेअनुरूपको भयो,” आइतबार जितपछि मार्टिनेजले भने, “मैले बुनेका सबै सपनाहरू प्राप्त गरिसकेको छु ।”

(बिबिसीको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया
सम्बन्धित समाचार