Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत, दुई जना पक्राउ



विराटनगर : मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई जना १४ वर्षीया बालिका बलात्कृत भएका छन् । ती किशोरीहरुलाई ललाईफकाई शुक्रबार राति सुन्दरहरैंचा नगरपालिका–७ बेलगाछिस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका ४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा ६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

गत पुस १ गते शुक्रबार विद्यालय गएका दुवैजना विद्यालय बन्द रहेको थाहा पाएपछि भलिबल हेर्न गएका थिए । भलिबल हेर्न गएका बेला तिम्सिना र तामाङले ललाइफकाइ होटलमा लगेर दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती बालिकाहरुलाई उनीहरुले रातभर उक्त होटलको अलगअलग कोठामा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाहरु शनिबार बिहान मात्रै घर फर्किएका थिए।

बालिकाहरुलाई परिवार सदस्यले सोधखोज गर्दा घटना बाहिरिएको हो । किशोरीहरुले आफूहरु बलात्कृत भएको बताएपछि पीडितका अभिभावकले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका थिए।

प्रहरीले तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपरीक्षक दिपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरुलाई बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार