विराटनगर : अन्ततः अर्जेन्टिनाका स्टार लियोलन मेस्सी विश्वकप च्याम्पियन बनेका छन् । फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको हो ।
फ्रान्सका केलियन एमबाप्पेले ५६ वर्षपछि विश्वकपको फाइनलमा पहिलो ह्याट्रिक गरे पनि टिमलाई जिताउन सकेनन् । फाइनलमा मेस्सीले दुई गोल गरे ।
बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि बराबर भएपछि पेनाल्टीमा ४-२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ ।
मेस्सीले पेनाल्टीबाट अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३६ औँ मिनेटमा एन्जल डि मारियाले गोद गर्दै पहिलो हाफमा टिमलाई २(० को अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ८० औँ मिनेटमा फ्रान्सका एमबाप्पेले ९७ सेकेण्डको अन्तरालमा दुई गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।
निर्धारित समय २२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयको १०९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । तर अन्तिम समयमा अर्जेन्टिनाका खेलाडीको डिबक्सभीत्र ह्यान्ड भएपछि एमबाप्पेले पेनाल्टीमो अर्को गोल गरेका थिए ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो।
