Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेस्सीबारे रोनाल्डिन्हो भन्छन् – ‘उनी ५० वर्ष नपुग्दासम्म खेल्न सक्छन्’



विराटनगर : सात पटकका प्रतिष्ठित बालोन डी’ओर विजेता लियोनल मेस्सीले आजको फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताए पनि ब्राजिलका लिजेण्ड खेलाडी रोनाल्डिन्होले मेस्सीले ५० वर्ष नपुग्दासम्म खेल्न सक्ने बताएका छन् । मेस्सीसँग अरूभन्दा धेरै क्षमताहरू भएको रोनाल्डिन्होले बताएका छन् ।

“उनी धेरै वर्ष पहिलेदेखि नै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको रूपमा उभ्याएका छन् । यो उनको अन्तिम विश्वकप हो । र, उनले यसपटक उपाधि जित्ने मेरो विश्वास छ,” रोनाल्डिन्होले भने, “मेरा लागि मेसीसँग अन्य खेलाडीको तुलनामा अधिक क्षमता छ र उनी ५० वर्षको हुँदा पनि खेल्न सक्छन् ।”

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सेमिफाइनलमा साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलमा आज अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग खेल्दैछ ।

आफ्नो करियरमा पहिलो विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेका मेस्सीले जारी प्रतियोगितामा पाँच गोल गरिसकेका छन् । सन् २००३ देखि २००८ सम्म बार्सिलोनामा रहँदा रोनाल्डिन्हो र मेसीले एकसाथ खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार