Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मानव अधिकार तालिम समपन्न



विराटनगर । मानव अधिकार समुहको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम समपन्न भएको छ । बर्जु गाउँपालिकाको सभाहलमा शुक्रबार र शनिबार सम्म अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक)ले तालिमको आयोजना गरेको थियो ।

मानव अधिकार समुह बर्जुले तालिमको संयोजन गरेको समुहका अध्यक्ष जितनारायाण चौधरीले बताए । तालिमको समापन समारोहमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले भनिन् ‘ मानव अधिकार सबैको अधिकार हो र हरेक मानिसलाई सम्मानपुर्वक बाच्ने वातावरण निर्माणमा हाम्रो प्रयास रहने बताइन् । ’

उनले मानव अधिकार समुहको विषयमा जोडदिदै भनिन् यस समुहलाई क्रियाशिल भएर काम गर्न पालिकाले श्रोत र साधनले सहयोग गर्ने बताइन् । तालिममा भाषा, सांस्कृतिक र उपभोक्ताको अधिकारका विषयमा राष्ट्रिय मानव अधिकार आयोगकी प्रमुख गिता दाहालले सहजीकरण गरेकी थिइन् ।

बर्जुका ६ वट्टै वडाका मानव अधिकार समुहका सदस्यहरु, इलाका प्रहरी कार्यालय चिमडी,इलाका प्रहरी कार्यालय सितागंज, अमडुवा प्रहरी चौकीका प्रहरीको पनी सहभागिता रहेको थियो । तालिमले मानव अधिकारका सवालमा काम गर्न सहयोग पुयाएको बर्जु २ ममता रायले बताईन । तालिममा कार्यक्रम संयोजक बागमति कट्टेल र सहजकर्ता दिपेन्द्र झाले समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार