Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचन सफलतापूर्वक सम्पन्न भयो : आयुक्त थपलिया



विराटनगर : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष निर्वाचन परिणामको प्रतिवेदश बुझाएपश्चात संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै थपलियाले यस्तो बताएका हुन् ।

नेपालको संविधान अनुसार निर्वाचन आयोगले निर्वाचनको अन्तिम मत परिणाम घोषणा गरेको ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले गत मंसिर २९ गते प्रतिनिधिसभाको प्रतिवेदन राष्ट्रपनि विद्यादेवी भण्डारीसमक्ष पेश गरिसकेको छ ।

आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० गरी ८२५ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैको निर्वाचन प्रतिवेदन बुझाइसकेकाले अब सरकार गठनको प्रक्रिया प्रारम्भ भएको उनले बताए ।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फ ५४ पुरुष र २ महिला गरी ५६ जना निर्वाचित भएका छन् । ३७ जनाको समानुपातिकमा ३१ महिला र ६ पुरुष निर्वाचित भएका छन् । ९३ सदस्यीय प्रदेशसभामा ६० जना पुरुष (६४.५१५) र महिला ३३ जना (३५.४९५) निर्वाचित भएका छन् ।

प्रदेशको प्रत्यक्षमा ३० र समानुपातिकमा ३६ दलले सहभागिता जनाएका थिए । प्रत्यक्षमा ४५८ जना पुरुष र ५२ जना महिला गरी कुल ५१० जनाको उम्मेदवारी कायम भएको थियो । समानुपातिकमा ६१६ जना उम्मेदवारको अन्तिम बन्दसूचि कायम भएको थियो ।

प्रदेशसभाका लागि १६ लाख ६७ हजार ७१ जना महिला र १७ लाख २९ हजार ७२२ जना पुरुष गरी ३३ लाख ९६ हजार ८६५ मतदाता कायम थिए । प्रत्यक्षमा ६०.३४ ५ अर्थात २० लाख ४९ हजार ५२३ जनाले मतदान गरेका थिए । जसमध्ये १९ लाख ५८ हजार ५७४ (९५.५६५) मत सदर र ९० हजार ९४९ (४.४४५) म तबदर भएको छ । समानुपातिकमा २० लाख ४६ हजार ५४९ (६०.२५५) मतदान भएकोमा १८ लाख ९९ हजार १४४ (९२.८५) सदर र १ लाख ४७ हजार ४०५ (७.२५) मत बदर भएको छ ।

आयोगले अपेक्षा गरेभन्दा बढी मत बदर भएको थपलियाले बताए । ‘बदर मत बढ्नुको प्रकृति हेर्दा के देखिएको छ भने मतदाताहरुले हाम्रो शासन प्रणाली र हाम्रा दलहरुप्रतिको भावनालाई स्वस्तिक छापमार्फत प्रकट पो गरेका हुन् की ?’, थपलियाले भने, ‘चुनावी प्र्रचारप्रसारमा अर्को दलका लागि मत माग्दा मतदाताहरुले सम्भवत सबैलाई मत दिनुपर्छ भन्ने ठानेर हो कि क्या हो, एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लागेको छ ।’

‘गठबन्धन बलियो बनाउनका लागि निम्ति उहाँहरुले मतदान गर्नुभयो तर हाम्रो मतपत्र धेरै बदर भएर हाम्रो चाहीँ अलिकति अपमानित भएको महशुस गरेका छौँ, उनले थपे ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ ले पहिलो हुने निर्वाचन प्रणालीको कुनै निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । समानुपातिकतर्फ पनि राजनीतिक दलले कम्तिमा एक सिट प्राप्त गरेन भने त्यस्तो दलको धरौटी जफत हुने व्यवस्था छ ।

समानुपातिकमा अन्तिम बन्दसूचि पेश गर्ने दलमध्ये ३० दलको धरौटी जफत भएको छ । प्रत्यक्षमा ३३७ पुरुष र ४५ महिला गरी ३८२ जना उम्मेदवारको धरौटी जफत भएको थपलियाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार