Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै



विराटनगर : साबिक विश्वकप उपविजेता क्रोएसियाले शनिबार कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकपको सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित भएका थिए ।

मोरक्कोको विश्वकप जित्ने सपना पूरा नभए पनि अफ्रिकी र अरब राष्ट्रको मन जित्न सफल भएको छ । कतार विश्वकपमा अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी टोली बन्दै मोरक्कोले इतिहास रचेको छ ।

मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, साबिक विश्व विजेता फ्रान्ससँग २-० ले हार्दै बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार