Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तराईका विभिन्न क्षेत्रमा हुस्सु र कुहिरो, चिसो बढ्यो



विराटनगर । तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार समसाँझै सुनसान हुन थालेका छन् ।न्यानो कपडाका पसल तथा सक पेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडक पेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् ।चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार