Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्रिजम्यान : फ्रान्सका अन्डररेटेड लिजेन्ड !



विराटनगर : तीन महिनाअघि एन्टोइन ग्रिजम्यान नियमित एट्लेटिको मड्रिडको बेन्चमा थिए । क्लबसँगको सम्झौता पनि यसको एक कारक थियो । तर, अहिले लगातार दोस्रो विश्वकपको उपाधि लक्ष्यमा रहेको फ्रान्सबाट उनी उत्कृष्ट लयमा देखिएका छन् । यद्यपि, टिममा उनको भूमिका भने परिवर्तन भएको छ ।

फ्रान्सका लागि केलियन एमबाप्पे र ओलिभर गिराउडको गोल गर्ने भूमिकामा छन् । तर, शनिबारको क्वार्टरफाइनलमा इङ्गल्याण्डसँग खेल्नुअघि प्रशिक्षक ग्यारेथ साउथगेटले ग्रिजम्यान ‘असाधारण खेलाडी’ भएको बताएका थिए ।

एट्लेटिको मड्रिडका खेलाडी अहिले डिडियर डेसच्याम्पको फ्रान्समा मिडफिल्डरको रूपमा उदाएका छन् । जसले इङ्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा दुई असिस्ट गर्दै साउथगेटको भनाइलाई प्रमाणित गरे ।

३१ वर्षीय ग्रिजम्यान २०१८ को विश्वकपमा तेस्रो उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसपटक भने उनी अझ माथि बढ्न सक्ने अनुमान गरिएको छ ।

ग्रिजमन र उनको टिम फ्रान्सले अब उपाधिका लागि लियोनल मेसीको अर्जेन्टिनासँग आइतबार फाइनल खेल खेल्दै छ । यदि फाइनलमा अर्जेन्टिनालाई पराजित गरे फ्रान्स सन् १९६२ पछि विश्वकपको लगातार दुई विश्वकपको उपाधि जित्ने पहिलो टिम बन्नेछ । १९६२ मा ब्राजिलले लगातार दुई उपाधि जितेयता कुनै पनि टिमले लगातार उपलब्धि हासिल गर्न सकेका छैनन् ।

Grzs1671109241.jpg

के छ नयाँ ?
अधिकांश खेल करियरमा स्ट्राइकरको भूमिकामा रहेने ग्रिजम्यान १० नम्बरको जर्सी लगाएर पछाडि खेलिरहेका छन् । कारण थियो – पहिलो रोजाइका जोडी पाउल पोग्बा र एनगोलो कान्टे घाइते छन् । उनीहरु घाइते भएका कारण ग्रिजम्यानले कतार विश्वकपमा सेन्ट्रल मिडफिल्डबाट खेलिरहेका छन् । उनको त्यो पोजिसन उत्साहजनक सफल भइरहेको छ ।

फ्रान्सका प्रशिक्षक बोस डेसच्याम्प्सले आफूले ग्रिजम्यानलाई फरक भूमिकामा रहन आग्रह गरेको बताए । १९९८ मा विश्वकप जिताउन बोस डेसच्याम्प्स मिडफिल्डरको भूमिकामा थिए । ‘यसमा ग्रिजमनले आफ्नो पोजिसन नपाएकोमा दुखेसो गरेका छैनन् । उनी उदार छन् र बल पाउँदा र पास दिँदा आनन्द महसुस गर्छन् । पक्कैपनि उनले पहिलेको तुलनामा कम गोल गर्छन् । तर, उनी ट्यालक गर्न र बल खोज्न निकै रमाउँछन् । खेललाई बुझेर खेल्नका चाहिने सबैकुरा छ उनीसँग, भिजन, कार्यशैली, टच, त्यो इनर्जी र चलाखपन’, प्रशिक्षक बोस डेसच्याम्प्सले थपे ।

ग्रिजम्यानले पोर्चुगलका ब्रुनो फर्नान्डेज, इङ्ल्यान्डका ह्यारी केन र अर्जेन्टिनाका लियोलन मेसीसँग बराबर तीन असिस्ट गरेका छन् ।

France's Antoine Griezmann celebrates with Olivier Giroud after the game

बार्सिलोना तथा रियाल सोसिडाडका पूर्व फरवार्ड ग्रिजमन भन्छन्, “नयाँ भूमिकामा म केही स्वतन्त्र छु । खेलमा म रक्षापंक्ति र फरवार्ड लाइनबीचको जोड हुनैपर्छ । मसँग अगाडि तीन खेलाडी (एमबाप्पे, जिरुड र ओस्मान डेम्बेले) हुन्छन् । म अगाडि धेरै विकल्प भएकाले पनि मलाई केही सहज भएको छ ।”

“राष्ट्रिय टिमका सबै कुराहरूमा म डेसच्याम्पसप्रति ऋणी छु । फ्रान्सका लागि मैले सतप्रतिसत दिएको छु । यो जर्सीका लागि र मेरो आफ्नै लागि पनि । डेसच्याम्पसको भरोसा कायम राख्न मैले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरिरहेको छु । सबै खेलमा म उनका लागि मेरो तर्फबाट धन्यवाद दिन्छु । म उनलाई मबाट गर्विलो महसुस गर्ने बनाउन चाहन्छु ।”

फ्रान्सेली टिममा ग्रिजमनसँगै युभेन्ट्सका अद्रियन र्याबियोट र रियाल मड्रिडका चुआमेनी मिडफिल्डरको रूपमा छन् ।

जारी विश्वकपका हालसम्म ग्रिजमनले एक गोल पनि गरेका छैनन् । अझ उनले अहिलेसम्म गोलका लागि ६ प्रहार गरेका छन् । जुन पछिल्लो संस्करणको तुलनामा १६ प्रहार कम हो । रुस विश्वकपमा उनले २२ प्रहार गरेका थिए ।

France's Antoine Griezmann, right, challenges for the ball with Morocco's Yahya Jabrane during the World Cup semifinal soccer match between France and Morocco at the Al Bayt Stadium in Al Khor, Qatar, Wednesday, Dec. 14, 2022. (AP Photo/Francisco Seco)

फ्रेन्च फुटबल पत्रका युलियन लोउरेन्स भन्छन्, “ग्रिजमनको भूमिका परिवर्तन गरेर मिडफिल्डमा बलका लागि दौडिनु बनाउनु डेसच्याम्पसको राम्रो कदम हो । यो विश्वकपमा सबैभन्दा धेरै मौका सृजना गरेका उनी उत्कृष्ट लयमा छन् ।”

ग्रिजमनले २०१४ को विश्वकपमा पाँच खेल खेल्दा सात प्रहार र सात मौका सृजना गरेका थिए । जहाँ उनले गोल र असिस्ट गर्न भने सकेका थिएनन् ।   एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार