विराटनगर : प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा फुटबल टुर्नामेन्ट हुने भएको हो ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरू गरिएको आयोजकले जनाएको छ । कार्यक्रम संयोजक नन्दलाल मण्डल आठ दिनसम्म संचालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका खेलाडीहरूले सहभागिता जनाउने छन् । फुटबल टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका विद्यार्थीहरूले भाग लिन पाउने मण्डलले बताए ।
फुटबल प्रतियोगिताको बिजेताले २ लाख ५० हजार मुल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार र उपबिजेताले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।
फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृड संकल्प र विश्वासको साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथाकीले बताए ।
खेल नकआउटको आधारमा खेलाइने आयोजकले बताएको छ ।