Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हारपछि प्रशिक्षक डालिकले भने : ‘क्रोएसियाका लागि एक पुस्ताको अन्त्य भयो’



विराटनगर : कतार विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएसँगै क्रोएसियाको विश्वकप जित्ने सपना अधुरै भएको छ ।

खेलपछि क्रोएसियाका मुख्य प्रशिक्षक ज्लात्को डालिकले विश्व फुटबल इतिहासमा एक जोडी उमेर पुगेका पुस्ताको अन्त्य भएको बताएका छन् । ‘सायद यो विश्वकपको इतिहासमा एक पुस्ताको अन्त्य हो, एक जोडी उमेर पुगेका छन् र अब २०२६ मा के हुन्छ हेर्नु पर्छ’, डालिकले भने ।

आफूहरुसँग उत्कृष्ट टोली भएको बताउँदै डालिकले यो पुस्ताले यूरोकप २०२४ मा आफ्नो करियर समाप्त गर्ने बताए। उनले आफूहरुसँग अर्को उत्कृष्ट पुस्ता रहेको पनि बताएका छन् ।

डालिकलाई आफ्नो भविष्यको बारेमा सोध्दा उनले भने, ‘म प्रशिक्षकको भूमिकामा जारी रहन्छु, मेरो सम्झौता २०२४ सम्म छ। हामीसँग नेसन्स लिग र विश्वकपको छनोट खेल पनि छ। मेरो योजना र उद्देश्य क्रोएसियालाई यूरोकप २०२४ जिताउने छ ।’

यस्तै प्रशिक्षक डालिकले अर्जेन्टिना स्टार लियोनल मेस्सी विश्वका उत्कृष्ट खेलाडी भएको बताए । मेस्सीबारे उनले थपे, ‘मेस्सीको बारेमा धेरै भन्नु आवश्यक छैन्। विश्वका उत्कृष्ट खेलाडी, धेरै राम्रो र धेरै खतरनाक छन्।’

सम्भवत अन्तिम विश्वकप खेलेका क्रोएसियाका ३७ वर्षीय लुका मोड्रिच

प्रतिक्रिया
सम्बन्धित समाचार