Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

नेयमारपछि मेस्सीको विश्वकप जित्ने सपनालाई अन्त्य गर्ने क्रोएसियाको लक्ष्य



क्रोएसियाका ३७ वर्षीय लुका मोड्रिच

विराटनगर : कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा क्रोसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्यो । क्रोएसियासँग पराजित भएसँगै ब्राजिलियन स्टार नेमारको विश्वकप जित्ने सपना समाप्त भएको छ ।

नेयमारको विश्वकप जित्ने सपना समाप्त बनाएको क्रोएसिया अब लियोनल मेस्सीको विश्वकप जित्ने सपना पनि समाप्त पार्ने आशामा छ ।

२०१८ को उपविजेता बनेको क्रोएसिया आज हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिनासँग सामना गर्दैछ । विश्व फुटबल इतिहासमा छुट्दै पहिचान बनाएका मेस्सीले अहिलेसम्म आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन् । मेस्सी आफूबाट टाढा रहेको एउटा ठूलो ट्रफी जित्ने लक्ष्य राखेर आज मैदान उत्रदै छन् ।

२०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया यसपटक भने एक कदम अगाडि बढ्ने लक्ष्यमा छ ।

क्रोएसियाका डिफेन्डर जोसिप जुरानोभिक भन्छन्, “मलाई लाग्दैन कि हामीले कसैसँग डराउनुपर्छ। हामीले आफ्नो उत्कृष्ट खेल खेल्न आफूलाई हेर्नुपर्छ । म भन्छु हाम्रो सफलताको रहस्य हाम्रो एकता, हाम्रो एकता हो। तथ्य यो हो कि हामी एक परिवारको रूपमा अभिनय र खेल्छौं।”

क्वार्टरफाइनलको अतिरिक्त समयमा १–१ को बराबरीमा रोकिएपछि क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । हारसँगै ब्राजिलियन स्टार नेयमार मैदानमै आँसु बगाएर रोए ।

क्रोएसियाका कप्तना लुका मोड्रिक र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी

यता, अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याएका मेस्सीले पाँच खेलमा चार गोल गरिसकेका छन् ।

मेस्सीले अर्जेन्टिनालाई तेस्रो र १९८६ पछि पहिलो पटक विश्वकप जिताउनको लागि आफ्नो देशको नेतृत्व गर्ने जिम्मा लिएका छन् ।

अर्जेन्टिना पछिल्लो पटक सन् २०१४ मा ब्राजिलको माराकाना स्टेडियम भएको विश्वकपको फाइलनमा जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यसबेला फाइलनमा चुकेका मेस्सीको यो अन्तिम विश्वकप हो । फुटबलको सबैभन्दा ठूलो ट्रफी उचाल्न नसकेका मेस्सी यो पटक आफ्नो देशलाई विश्वकप जिताउने दौडमा छन् । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार