Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवाले अपराधी छुटाएर सरकार बनाउन लागे : विष्णु रिजाल



विराटनगर ।  रेशम चौधरीलगायत नेता रिहा गर्न अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकारको आलोचना गरेका छन्। विशेषतः उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका हुन् ।

जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले यसपटक अपराधी छुटाएर सरकार बनाउन लागेको आरोप एमाले नेता रिजालले लगाएका छन्।

‘जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर – जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, रिजालले समामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार