Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : को-को बने एमालेबाट समानुपातिक संसद ?



विराटनगर : नेकपा एमालेले प्रदेशसभातर्फ समानुपातिक संसद चयन गरेको छ । प्रदेश १ मा १५ सिट पाएको एमालेले शनिबार संसदको टुंगो लगाएको हो ।

प्रदेश १ मा समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । आफूले पाएको १५ सिटमा एमालेले १४ जना महिला चयन गरेको छ । १४ जना महिलामध्ये ५ जना आदिवासी जनजाति महिला, ४ जना खस आर्य महिला, मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक र थारुमा एक एक जना महिलालाई समानुपातिक संसद बनाएको । यस्तै जनजातिबाट पुरुषतर्फ एक जना चयन भएका छन् ।

आदिवासी जनजाति महिलाबाट सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर) र मालती सुब्बा (मोरङ) संसद भएका छन् । यस्तै ४ जना खस आर्य महिलाबाट शिला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), मिरादेबी खनाल (सुनसरी) र गितादेवी रेग्मी (उदयपुर) संसद चयन भएका छन् ।

थारु महिलाबाट मोरङकी ललिताकुमारी चौधरी समानुपातिक संसद चयन भइन् । यस्तै दलित महिलाबाट कमलादेवी दर्नाल (तेह्रथुम), मधेसी महिलाबाट गितारानी महतो (मोरङ), मुस्लिमबाट नुरसदी वेगाम (मोरङ) र अल्पसंख्यकबाट सुनसरीकी लाहुरीमाया जिमी याक्ख्या संसद बनेकी छिन् ।

आदीवासी जनजाति पुरुषबाट झापामा नम्बरलाल धिमाल संसद चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार