विराटनगर : १४ वर्षीया बालिकामाथि बलात्कार प्रयासको आरोपमा मोरङको लेटाङबाट एक जना पूर्व सैनिक पक्राउ परेका छन्। बलात्कार प्रयासको आरोपमा लेटाङ २ का ४५ वर्षीय भीम मल्ललाई बुधबार राति पक्राउ गरिएको हो।
लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । मल्ल नेपाली सेनाका अवकाश प्राप्त हवल्दार हुन् ।
बालिकालाई बलात्कारको प्रयास गरेको जनाउदै किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको मौका छोपेर बालिकालाई बारम्बार बलात्कारको प्रयाय गर्दै अश्लील भिडियो देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका मल्लविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्टले जानकारी दिए।