Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चाडपर्व हाम्रा सम्पत्ति भएकाले सबैले संरक्षण र सम्वद्धन गर्नुपर्छ : मुख्यमन्त्री राई



विराटनगर । हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको अवसरमा प्रदेश नं .१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना व्यक्त गरेका छन् ।

किरात तथा लिम्बू मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद (जाडो) शुरु हुन्छ । यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व (साकेला)लाई उधौली भनिएको हो । उधौली पर्व अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । यो पर्वमा मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला (चण्डी) गीत गाउने, नाच्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार