विराटनगर । बर्जुमा मानवअधिकार समुह गठन गरिएको छ । जीतनारायाण चौधरीको अध्यक्षतामा विहिबार २१ सदस्य मानवअधिकार समुह गठन गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) विराटनगरको आयोजनामा भएको कार्यक्रममा इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा बर्जुमा मानवअधिकारका सवालमा पैरवी गर्नका लागि समुह गठन गरिएको थापाले बताए ।
कार्यक्रममा बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु चौधरीले भनिन् ‘ मानवअधिकार समुह आज बर्जुमा गठन भएकोमा खुसी लागेको छ र यसले बर्जुमा मानवअधिकारका सवालमा वकालत गर्ने बताएकी छिन् ।

उनले भनिन् मानवअधिकार समुह हाम्रो पालिकामा अगाडि गठन भएको भए स्थानीय सरकारले पनि केहि सहयोग गर्न सक्ने थियो तर आउने दिनमा पालिकाले सहयोग सहकार्य गर्ने बताइन् । कार्यक्रममा पत्रकार बिक्रम लुइटेलले सबैलाई समान व्यवहार गर्दै मानव अधिकारका क्षेत्रमा समुहलाई कार्य गर्न शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बर्जुका वडा अध्यक्षहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा,प्राविधिक शाखा,कृषि सहकारी लगायत सम्पुर्ण विभागिय शाखाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै बर्जुका ६ वटै वडाका सरोकारवाला संघसंस्थाका सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष जितनारायाण चौधरीले भने बर्जुमा सबैलाई न्याय हुनेगरि मानवअधिकार प्राप्तिका लागि कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
मानवअधिकार समुहका नामावली
१, अध्यक्ष जित नारायण चौधरी
२, उपाध्यक्ष मधु चौधरी
३, सचिब मनोज कुमार मेहता बर्जु न्युज
४, सह सचिब गिता कुमारी चौधरी
५, कोषाध्यक्षमा लगनलाल चौधरी
६, सदस्य सुर्य नारायण राय
७, सदस्य श्री अर्चना राय
८, सदस्य सङ्गिता गुरुङ्ग
९, सदस्य जितेन्द्र सरदार
१०, सदस्य कमल प्रसाद कामत
११, सदस्य सीता कट्टेल
१२ ,सदस्य ममता राय
१३, सदस्य कबिता राम
१४, सदस्य रन्जु बुढाथोकी
१५, सदस्य बिना ऋषिदेब
१६, सदस्य बबिता चौधरी
१७ , सदस्य कल्याणी कुमारी चौधरी
१८ , सदस्य चन्दा सरदार
१९, सदस्य टिना राय
२०, सदस्य सन्जय चौधरी
२१, सदस्य सन्तोष चौधरी
२२, सदस्य बिणा चौधरी
२३, सदस्य अस्मिता महतो
२४, सदस्य अम्बिका चौधरी