विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर अघि बढ्ने बताएका छन् । मंगलबार विराटनगरमा कांग्रेस नेता गुरूराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मोरङको क्षेत्र नम्बर-६ बाट नवनिर्वाचित संसद कोइरालाले पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्। कांग्रेस एकढिक्का भएर अघि बढ्छ।’
यस्तै आगामी सरकार पनि गठबन्धनकै हुने कोइरालाको भनाई छ ।
नेता कोइरालाले निर्वाचनमा पार्टीले अघिल्लो पटकको भन्दा केही सिट बढी जितेपनि लोकप्रिय मत घट्दा पार्टीको साख गिरेको बताए। पपुलर मत घट्नुको कारणबारे गम्भीर हुनुपर्ने उनको भनाई छ ।