विराटनगर : उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ कटारी नगरपालिका-२ मा फलामको रडले बिजुलीको तार छुँदा करेन्ट लागेर ३० वर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको हो ।
आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।