विराटनगर : एमालेसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र संघिय परिषद् अध्यक्ष अशोक राईको मत बाझिँएको छ ।
गत आइतबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले नेकपा एमालेसँगको तालमेल सकिएको बताएका थिए । यादवले एमालेसँगको तालमेल चुनावसम्म मात्र रहेको धारण व्यक्त गरेका थिए ।
तर, मंगलबार संघिय परिषद् अध्यक्ष राईले अध्यक्ष यादवले बोलेको कुरा संस्थागत नभएको बताएका छन् । ‘उहाँले भन्नु भयो की भएन मलाई थाहा छैन्, उहाँले भनेको कुरा आधिकारीक र सस्थागत होइन’, राईले भने ।
उनले यस विषयमा पार्टीको बैठक बसेर निचोड निकाल्ने बताए । कुनै कुराको निचोडमा पुग्नु भन्दा पहिला त छलफल र बैठक हुनुपर्ने राईको भनाई छ । एमालेसँगको सहकार्य नसकिएको राईको आशय थियो ।