विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेको छैन् । आम निर्वाचन ०७९ मा थ्रेस होल्डु कटाउन नसक्दा उक्त पार्टीले समानुपातिकको चार सिट गुमाउने भएको छ ।
प्रतिनिधिसभातर्फको समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो ।
सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर समानुपातिकमा सिट पाउन सक्थ्यो ।
थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।