Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेल्जियम समूह चरणबाटै बाहिरियो, प्रशिक्षक मार्टिनेजको राजिनामा



विराटनगर : क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको छ । बिहीबार राति समूह ‘एफ’को खेलमा क्रोएसियासँग बराबरमा रोकिएसँगै बेल्जियम समूह चरणबाटै बाहिरिएको हो ।

सो समूहबाट मोरक्को र क्रोएसियाले कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।
अल थुमामा रंगशालामा मोरक्कोले कमजोर मानिएको क्यानाडामाथि २–१ को नतिजा हासिल गर्यो । मोरक्कोका लागि हाकिम जियाच र युसुफ इन नेसिरीले एक एक गोल गरेका थिए । नायेफ एगुर्डले आत्माघाति गोल गरेका थिए ।

अहमद बिन अली रंगशालामा भएको अर्को खेलमा बेल्जियम र क्रोएसिसयाले गोलरहित बराबरी खेलेका थिए । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्  ।

खेलपछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेता भए । चार अंकमा सीमित बेल्जियम र बिना अंकको क्यानाडा प्रतियोगिताबाट बाहिरिए ।

यस्तै बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् । ४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरेका थिए ।

बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो । समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार