विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतलाई ११२ मतले पछि पार्दै कार्की विजयी भएका हुन् ।
सरकारका प्रवत्ता एवं सञ्चारमन्त्रीसमेत रहेका कार्की ३० हजार ४८३ मत ल्याई विजयी भएका छन् । कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन् ।