विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।मतगणना अन्तिमतिर आइपुग्दा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच अघि पछि हुने क्रम चलिरहेको छ।
केही समयअघिसम्म ८२ मतले पछि परेका कार्की फेरि अगाडि बढेका छन्। उनी एमालेका कुसियैतभन्दा ४ मतले अघि देखिएका छन्। पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३० हजार ७२ मत पाएका छन्। कुसियैतले भने ३० हजार ६९ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। सुरुवातीदेखि नै निकै प्रतिस्पर्धा चलिरहेको यो क्षेत्रमा कसको जित हुन्छ भन्नेमा चासो बढिरहेको छ।