Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ४ मा एमालेका उम्मेदवार कुसियैत सञ्चारमन्त्री कार्की भन्दा २७ मतले अगाडि



विराटनगर । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले अहिले कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उछिनेका छन् । एमालेका उम्मेदवार कुसियत कांग्रेसका उम्मेदवार कार्की भन्दा २७ मतले अगाडि छन् ।

एमालेका उम्मेदवार कुसियतले २९ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार कार्कीले २९ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विध्यानन्द यादवले ३ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिवन कुमार श्रेष्‍ठले ३ हजार १ सय २७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार