Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ४ प्रदेश सभा (२) बाट कांग्रेसका हाजी इश्राइल मन्सुरी विजयी



विराटनगर । सुनसरी ४ प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार हाजी इश्राइल मन्सुरी मन्सुरी विजयी भएका छन् । नेकपा एमालेका हाजी अब्बास अन्सारीलाई पराजित गर्दै मन्सुरी प्रदेशसभामा सदस्य पदमा विजयी भएका हुन् ।

मन्सुरीले १४ हजार ३ सय मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी अब्बास अन्सारीले १२ हजार १ सय ८५ प्राप्त गरेका थिए ।
विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश नं. १ सभापति तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेश सभामा ३९ हजार ७ सय २४ खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार