Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडप



दुहबी। सुनसरीको दुहबी ९ स्थित छातावेलीमा बुधबार नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबिच झडप हुदा आधा दर्जन घाइते भएका छन ।
नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले निर्वाचनमा फराकिलो मतान्तर सहित कांग्रेस नेता गच्छदारलाइ हराएपछि बिजयी उत्सव मनाउने तयारी गर्दै गर्दा दुइ समुहबिच झडप भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
जितको खुशियाली सहित बिजय र्याली निकाल्न भेला हुदै गर्दा अचानक कांग्रेस कार्यकर्ताहरू आएर बिथोल्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । कांग्रेसको गढ मानिएको दुहबी ९ मा एमाले कार्यकर्ताहरूले कांग्रेसकै नेता बिजयकुमार गच्छदारलाइ मुर्दावाद भनेपछि झडप हुन पुगेको बताइएको छ ।
बिजय र्याली निकाल्ने क्रममा अचानक बाटोेमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेको एमाले नेता मुस्तखी मियाले बताए । यता बिजयी र्याली निकाल्ने क्रममा एमाले कार्यकर्ताहरूले घर घर पसेर जबरजस्ती अविरहरू दल्न थालेपछि प्रतिकार गरिएको र त्यसैलाइ बिवाद बनाएर झगडा गरेको दुहबी नगरपालीका वडा नं ९ का वडाध्यक्ष मेहदी हुसैनले बताए ।
झडपमा परी दुवै तर्फका ९ जना कार्यकर्ताहरू घाइते भएका छन । उनिहरूको दुहबी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनालाइ साम्य बनाउन र थप मानवीय क्षती हुन नदिन सो स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार