काठमाडौं : निर्वाचन सुरक्षाकाे लागि खटिएका म्यादी प्रहरीकाे चरित्र हत्या गर्ने गरी भिडियाे बनाएर युट्युब र फेसबुकमा प्रसारण गर्ने एक युवालाई नेपाल प्रहरीकाे साइबर व्युराेकाे टाेलीले पक्राउ गरेकाे छ।
निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप तथा लान्छना लगाई अपाच्य शब्द प्रयाेग भिडियाे बनाउने मकवानपुरकाे हेटौडा– ४, हुप्राचौरका २० वर्षीय प्रतीत भनिने नवीन खड्कालाई गरिएकाे व्युराेले जानकारी दिएकाे छ।
उनले सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्य दृश्य सामाग्री बनाएकाे व्युराेले बताएकाे छ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट २०७२/०८/१३ गते पक्राउ अनुमति लिई बुधबार पक्राउ गरी अनुसन्धान गरिएकाे व्युराेले जनाएकाे छ।