विराटनगर । मोरङ क्षेत्र नम्बर ६(२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार तथा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेत (कृष्ण)ले सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै निरन्तर जनताको सेवामा समर्पित हुने बताएका छन् ।
धन्यवाद ज्ञापनका लागि आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले क्षेत्रका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी पार्टीका नेता कार्यकर्ता तथा शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरे।
‘अझै जनताको माझमा रहेर काम गर्न र जनताको मन जित्न बाँकी रहेको महशुस मलाई भएको छ, अहिलेका कमजोरीहरुलाई हटाउँदै जनताको माझमा रहेर काम गर्नेछु’ उनले थपे ‘मलाई माया र विश्वास गरेर मत दिने सबैजना प्रति कृतज्ञ छु । यो माया र विश्वासले मलाइ निराश बनाएकाे छैन, आगामि दिनमा अझ जनताको सेवामा सर्मपित रहन उर्जा मिलेको छ । सधै जनताकै सेवामा रहन्छु ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमालेको मोरङ ६(२) निर्वाचन परिचालन कमिटीका संयोजक मीनकुमार आचार्यलगायतले सम्पूर्णलाई बधाई ज्ञापन गरे।