विराटनगर : सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका रेवतिरमण भण्डारी विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
लामो समयदेखि एमालेको राजीतिमा सक्रिय रहेको चौधरी टिकट पाउने भएपछि चुनावको मुखैमा माओवादीमा प्रवेश गरेका थिए । उनी इटहरी उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन् ।
भण्डारी १४ हजार ५२८ मत ल्याइ विजयी भएका छन् । उनले चौधरीलाई २६८० मतले पछि पारेका हुन् । चौधरीले ११ हजार ८४८ मत ल्याए । तेस्रो स्थानमा रहेका राप्रपाका मोहन बहादुर खत्रीले ९३२८ मत प्राप्त गरेका छन् ।