Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम २(२) मा एमालेका रामबहादुर राना विजयी



विराटनगर : इलाम क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा एमालेका रामबहादुर राना विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हर्कबहादुर लावतीलाई २५७८ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

विजयी भएका एमालेका रानाले १३ हजार ७५४ मत ल्याएका छन् । रानासँग पराजित लावतीले ११ हजारर १७६ मत प्राप्त गरेका छन् ।

राना अघिल्लो निर्वाचनमा इलामको २(१) बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार