Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी-४ मा एमालेका कुसियैतले लिए अग्रता



विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । उनले झिनो मतले अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कुसियैत १२५ मतले अघि छन् । कुसियैतले १२ हजार ६७६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले १२ हजार ५५१ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा एकले अर्कालाई उछिन्ने होडले परिणाम रोचक बन्दै गएको छ । केहीसमय अघिसम्म कार्कीले अग्रता लिएका थिए । कार्कीले १२३७९ मत ल्याँदा कुसियैत १२२०२ मतका साथ दोस्रो स्थानमा थिए ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कार्की विजयी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार