Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्व संसदलाई हराउँदै मोरङ १(१) मा एमालेका गौतम विजयी



विराटनगर : मोरङ क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका उमाकान्त गौतम विजयी भएका छन् । निवर्तमान संसद कुलप्रसाद साम्बालाई ३५२७ मतको अन्तरले पराजित गर्दै गौतम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौतम १३ हजार ५३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादीका कुलप्रसाद साम्बाले १० हजार ४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर वाइवा तामाङले ९ हजार १८४ मत ल्याएका छन् ।

प्रतिनिधिसभातर्फ पनि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राखेका छन् । खतिवडाले १२ हजार ४७६ मत ल्याई अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु ११ हजार ७०७ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार