विराटनगर : झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बू दोस्रो पटक विजयी भएका छन् । उनी २९ हजार ३१५ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६ हजार ८६७ मतान्तरले पराजित गरेका हुन् । थेवेले २२ हजार ४४८ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले १४ हजार ६९ मत ल्याएका छन् ।
साँवा अघिल्लो पटक पनि कांग्रेसका थेवेलाई पराजित गर्दै सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।