Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीका २ क्षेत्रमा घण्टीको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार



विराटनगर : सुनसरीको क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर ३ मा सुरुवाती अग्रता बनाएपनि घण्टीका उम्मेदवार अहिले दोस्रो स्थानमा छन् ।

सुनसरी १ मा स्वतन्त्र पार्टीका गोमा तामाङ अग्रस्थानमा छन् । उनले ४६५० मत ल्याएका छन् । उनलाई दुई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । एमाले जसपा गठबन्धनका जसपा उम्मेदवार अशोक राई ४२३६ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै सत्ता गठबन्धनका माओवादीका उम्मेदवार मुक्सामहाङ्ग सुब्बा ४१८३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

सुनसरी २ मा पनि घण्टीका लालबिक्रम थापा ९९२० मत ल्याएर अग्रता बनाएक छन् । उनलाई पूर्व मुख्यमनत्रीसमेत रहेका एमालेका भीम आचार्यले पछ्याइरहेका छन् । उनले ८४६० मत ल्याएका छन् । कांग्रेसका सिताराम महतो ५७४५ मत ल्याएर तेस्रो स्थानमा छन् । महतो अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै प्रदेशतर्फ सुनसरी १(१) मा एमालेका रमेशकुमार बस्नेतले अग्रता बनाएका छन् । उनले ७२२४ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेपाली कांग्रेसका उमेश थापाले ६३०७ मत ल्याएर पछ्याइरहेका छन् । १(२) को मतगणना सुरु भएको छैन् ।

सुनसरी २(१) मा एमालेका रेवतिरमण भण्डारी अग्रस्थानमा छन् । भण्डारीले सुरुदेखिनै अग्रतासँगै मतान्तर पनि बढाउँदै लगेका छन् । भण्डारीले ८ हजारा ३२४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार द्वारिकलाल चौधरीभन्दा उनको ३ हजार २७७ मत बढी छ । दोस्रो स्थानमा राप्रपाका मोहन बहादुर खत्री छन् । खत्रीले ५ हजार ३४८ मत ल्याएका छन् भने चौधरीको मत ५ हजार ४७ छ ।

सुनसरी २(२) मा कांग्रेसका राजीव कोइराला ११२८ मतका साथ अग्रस्थानमा छन् । एमालेका रामप्रसाद महतोले ८७८ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार