विराटनगर : उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (२) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । १२ हजार ६२७ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत ल्याए ।
खत्री २०७४ को निर्वाचनमा यही क्षेत्रका प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनलाई नेकपा एमालेकी कला घलेले पराजित गरेकी थिइन् ।