विराटनगर : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई २०८ मतान्तरले विजयी भएका छन् । ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनी २१ हजार ९४३ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।