विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छिन् । यसअघि लगातार अघि रहेका नेकपा एमालेका ऋषिकेश पोखरेललाई उनले पछि पारेकी हुन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनका प्रतिद्वन्द्वी पोखरेलले ४३१३ मत ल्याएका छन् ।